बालकुमारी साकोसको रजत महोत्सवको लोगो लोकार्पण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बालकुमारी साकोसको रजत महोत्सवको लोगो लोकार्पण



काठमाडौं । बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले २५ औं स्थापना दिवस तथा रजत महोत्सव २०८१ को लोगो लोकार्पण गरेको छ। संस्थाले एक औपचारिक कार्यक्रमको आयोजना गरी लोगो लोकार्पण गरेको हो ।

संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठले लोगो लोकार्पण गर्दै रजत महोत्सवको अवसरमा साताव्यापी कार्यक्रमका आयोजना गर्ने जानकारी दिए । संस्थाले आगामी भाद्र २७ गतेदेखि असोज २ गतेसम्म विभिन्न कार्यक्रम गरी २५ औं स्थापना दिवस मनाउने उनले बताए ।

स्थापना दिवसको अवसरमा संस्थाले वित्तीय साक्षरता तथा सदस्यता वृद्धि कार्यक्रम, भक्तपुर जिल्लाब्यापी चित्रकला कार्यक्रम, खुल्ला रक्तदान कार्यक्रम, वृद्धाआश्रम तथा मानवविद्या गृहमा भोजन दान तथा भौतिक सामाग्री हस्तान्तरण गर्नेभएको छ । त्यसैगरी सरसफाई, प्रभातफेरी गरी रजत महोत्सव मनाउने भएको छ।

त्यसैगरी बालकुमारी रजत स्मारिक प्रकाशन, चाँदीको सिक्का निकाल्ने, संस्थापकहरुलाई सम्मान तथा पूर्व सञ्चालक र संस्थामा योगदान गरेकाहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।

२०५७ साल असोज २ गते २८ जना सदस्य र ७ लाख पुँजीबाट सुरु भएको संस्था समुदायमा आधरित रहेको वित्तीय कारोबार गर्दै आएको छ ।

गत असार मसान्तसम्म संस्थाको शेयर पुँजी १३ करोड ७० लाख ९७ हजार, बचत संकलन १ अर्ब ७८ करोढ ५८ लाख,ऋण लगानी १ अर्ब ३६ करोड ७६ लाख,जगेडा तथा अन्य कोष ८ करोड ३९ लाख ८८ हजार,र तरलता ६१ करोड ४८ लाख रहेको छ।

संस्थाको कुल कारोबार २ अर्ब १३ करोड ८८ लाख पुगको व्यवस्थापक सुजेन्द्र श्रेष्ठले बताए । संस्थाले स्थापनाकाल देखि नै बचत ऋणको माध्यमबाट सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा समुदाय केन्द्रीत भएर कारोबार गर्दै आएको उनले बताए ।

सदस्यहरुको लागि सहकारी शिक्षा, वित्तीय साक्षरता, उद्यमशीलता विकास, नेतृत्व विकास, व्यवसायिक तथा अभिमुखीकरण, हाजिरी जवाफ, वक्तृत्वकला, निवन्ध तथा नृत्य प्रतियोगिता जस्ता कार्यक्रम गरिरहने जनाइएको छ।

प्रकाशित : २३ श्रावण २०८१, बुधबार १८:२५