काठमाडौ । नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर गोपालप्रसाद काफ्लेको निधन भएको छ । काफ्लेको आज बिहान १० बजे ह्याम्स हस्पिटलमा निधन भएको हो ।
उनि लामो समय देखि बिरामी रहेका थिए । राष्ट्र बैंकका क्याडर रहेका काफ्ले लामो समय प्रवक्ताको भूमिकामा थिए ।
काठमाडौं मण्डिखाटार निवासी काफ्ले अवकाशपछि पारिवारिक रुपमा एक्लै रहेको निकटस्थहरुले बताएका छन् । उनको परिवार झण्डै दुई दशकदेखि अमेरिकामा बस्दै आएको छ ।
तत्कालीन गभर्नर डा. युवराज खतिवडाको कार्यकालमा काफ्ले डेपुटी गभर्नर थिए । नेपाली काँग्रेसका तर्फबाट काफ्ले र एमालेको तर्फबाट महाप्रसाद अधिकारी डेपुटी नियुक्त दुबै जनाको पदावधि गभर्नर चिरञ्जीवी नेपालको नियुक्तिपछि २०७२ पुसमा सकिएको थियो । डेपुटी गभर्नर रहँदै उनको नाम गभर्नरमा सिफारिस भएको थियो । काफ्लेको आजै पशुपति आर्यघाटमा दाहसंस्कार भएको छ ।
Comment