काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘हिमालयन लाइफ आरोही सम्मान समारोह २०८१’सम्पन्न भएको छ । कम्पनीले पोखराको होटल ग्राण्डीमा ७० जना अभिकर्ताहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म विभिन्न बिधा अन्तर्गत उत्कृष्ठ कारोबार गर्न सफल भएका अभिकर्ताहरुलाई सम्मान गरेको जानकारी दिएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै अभिकर्ताहरुको कडा, मिहिनेत र व्यवसायका कारण कम्पनी व्यवसायिक रुपले बलियो बन्दै गएको बताएका छन् ।
सोही कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्नको लागि विभिन्न क्षमता अभिवृद्धि तालिम, भ्रमण लगायताका कुरालाई जोड दिनुपर्ने बताए ।
कार्यक्रममा कम्पनीका सीईओ मनोज कुमार लाल कर्ण, डिसीईओ कपिल कुमार दाहाल, उच्च व्यवस्थापकीय कर्मचारी र विभिन्न बिधामा सर्बोत्कृष्ट व्यवसाय गर्न सफल ७० जनाको सहभागिता रहेको थियो ।
Comment