नेपाल फाइनान्सको खुद नाफा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल फाइनान्सको खुद नाफा कति ?



काठमाडौं । गत आर्थिक वर्ष २०८० ८१ को चौथो त्रैमास अर्थात् असार मसान्तसम्ममा नेपाल फाइनान्सको खुद नाफा घटेको छ ।समीक्षा अवधिमा फाइनान्सले १ करोड ८१ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा १०.०१ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा फाइनान्सले २ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, खुद ब्याज आम्दानी १९.८६ प्रतिशतले बढेर ११ करोड ७ लाख ५५ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि १०.०३ प्रतिशतले बढेर २ करोड ५८ लाख ८३ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आवमा २ करोड ५० लाख ३९ हजार रुपियाँ रिभर्स रहेको इम्पेयरमेन्ट चार्ज समीक्षा अवधिमा ६२ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म चुक्ता पुँजी ७२ करोड ९९ लाख ६ हजार रुपियाँ रहेको फाइनान्सको प्रतिशेयर आम्दानी २.४८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३७.५२ रुपैयाँ छ ।

प्रकाशित : २० श्रावण २०८१, आईतवार १०:४७