स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ४.५१ प्रतिशत घट्याे, प्रतिसेयर आम्दानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ४.५१ प्रतिशत घट्याे, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनमामा नाफा ४.५१ प्रतिशत घटेको हो। गत आर्थिक वर्ष ३ अर्ब ३० करोड ८९ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले अघिल्लो आर्थिेक बर्षको अन्त्यसम्ममा ३ अर्ब ४६ करोड ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.४६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १०.२७ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको खुद सञ्चालन आम्दानी ७.५३ प्रतिशत र सञ्चालन मुनाफा ४.५३ प्रतिशत घटेको छ।

जगेडा कोषमा ११ अर्ब १३ करोड २ लाख रुपैयाँ सञ्चित रहेको बैंकमा ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ६६ पैसा घटेर ३५ रुपैयाँ ९ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २१८ रुपेयाँ ४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७.२१ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५० पैसा रहेको छ।

प्रकाशित : २० श्रावण २०८१, आईतवार १०:२९