हिमालयन लघुवित्तको नाफा करिब २४.८१ घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

हिमालयन लघुवित्तको नाफा करिब २४.८१ घट्यो



काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको नाफा चौथो त्रैमासमा घटेको छ। संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ७५ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.८१ प्रतिशत कम हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। गत वर्ष कम्पनीको सञ्चालन नाफा १७.२२ प्रतिशत कम अर्थात् १ करोड ८ लाख रूपैयाँ भएको छ ।

गत वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज बढी हुँदा सञ्चालन नाफा घटेसँगै खुद नाफामा असर परेको देखिन्छ । अघिल्लो वर्ष १ करोड ७० लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम गत आवमा २ करोड ६१ लाख रूपैयाँभन्दा बढी छ ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १४.२२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३३.४७ प्रतिशत घटेको छ। कम्पनीको खराब कर्जा १.२८ प्रतिशत विन्दु बढेर ३.६५ प्रतिशत पुगेको छ। यससँगै कम्पनीको इम्पेरमेन्ट चार्ज १ करोड ७० लाख रुपैयाँबाट बढेर २ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

कम्पनीले चौथो त्रैमाससम्ममा ९० करोड ४२ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । कम्पनीको निष्क्रिय कर्जा अघिल्लो वर्ष २.३७ प्रतिशत रहेकोमा गत वर्ष बढेर ३.३५ प्रतिशत कायम भएको छ ।

कम्पनीको जगेडा कोषमा १० करोड १९ लाख रूपैयाँभन्दा बढी छ । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ६० करोड २६ लाख रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले ३ अर्ब ७६ करोड ५७ लाख रूपैयाँभन्दा बढी ऋण प्रवाह गरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २.३६ रूपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १२३.५७ रूपैयाँ छ ।

प्रकाशित : १८ श्रावण २०८१, शुक्रबार १३:३७