काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । साउन २ गते बुधबार दुई हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Comment