मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा आचार्य नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा आचार्य नियुक्त



काठमाडौं । मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम आचार्यलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

करिब २० वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा बिताएका उनले तत्कालीन कामना विकास बैंकसहित विभिन्न वित्तीय संस्थामा १३ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका छन् ।

नेपालमा उनी एक बैंकिङ विज्ञको रुपमा परिचित छन् । यसका साथै उनले विभिन्न निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् । उनले पोखरा विश्वविद्यालयबाट बिजनेश प्रशासन विषयमा स्नातकोत्तर तह अध्ययन गरेका छन् ।

प्रकाशित : १६ श्रावण २०८१, बुधबार १६:४२