आत्मनिर्भर लघुवित्तको नाफामा गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आत्मनिर्भर लघुवित्तको नाफामा गिरावट



काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष १ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाको वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा खुद नाफा ७१.२६ प्रतिशतले घटेको छ ।

अघिल्लो आवमा कम्पनीले ४ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी सामान्य बढेपनि निष्क्रिय कर्जा उल्लेख्य बढेपछि खुद नाफा घटेको हो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३.५७ प्रतिशत र अन्य सञ्चालन आम्दानी ३.६२ प्रतिशत बढेको छ। यसैगरी, कम्पनीको कुल सञ्चालन आम्दानी ३.५८ प्रतिशतले वृद्धि भएको छ ।

उक्त अवधिसम्ममा कम्पनीको निष्क्रिय कर्जा बढेर १३.२२ प्रतिशत पुगेको छ। कम्पनीले सम्भावित जोखिम शिर्षकमा १७ करोड ६४ लाख रुपैयाँ व्यवस्था गरेको छ। जसले गर्दा कम्पनीको सञ्चालन मुनाफा ८ करोड ६१ लाख रुपैयाँ ऋणात्मक हुन पुगेको हो ।

कम्पनीले उक्त अवधिसम्मा १० करोड ८३ लाख रुपैयाँ खराब कर्जा संकलन गरेको छ भने कम्पनीको प्रतिसेयर आम्दानी २०.३७ रुपैयाँ छ। त्यस्तै, कम्पनीको मूल्य आम्दानी अनुपात १३३.७७ रुपैयाँ छ।त्यस्तै कम्पनीको रिजर्भ कोषमा १९ करोड ८७ लाख रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा कम्पनीले १४ करोड ८१ लाख रुपैयाँ सापटी र ८६ करोड १५ लाख रुपैयाँ निक्षेपबाट १ अर्ब ४७ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।कम्पनीको चुक्तापूँजी ६ करोड ८५ लाख रुपैयाँ छ ।

प्रकाशित : १६ श्रावण २०८१, बुधबार ११:४३