एक व्यक्तिले दुई लघुवित्तबाट ऋण लिन पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एक व्यक्तिले दुई लघुवित्तबाट ऋण लिन पाउने



काठमाडौं । एक व्यक्तिले दुई लघुवित्तबाट ऋण लिन पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई परिपत्र जारी गरी एक व्यक्तिले दुई लघुवित्तबाट ऋण लिन पाउने व्यवस्था गरेको हो।

यसरी ऋण दिँदा राष्ट्र बैंकले तोकेको सीमाभन्दा धेरै हुन नहुने केन्द्रिय बैंकले जनाएको छ। ‘बिना धितो सामूहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा कर्जा सीमा ननाघ्ने गरी एउटा ऋणीलाई अधिकतम २ वटा लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न सक्नेछन्,’ राष्ट्र बैंकले जारी गरेको परिपत्रमा उल्लेख छ।

यसअघि एउटा व्यक्तिले एकभन्दा बढी लघुवित्तबाट ऋण लिन नपाउने व्यवस्था थियो ।

यस्तै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन्। यस प्रयोजनका लागि अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएरनलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराउनुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्था समेत) कर्जा लिएरनलिएको यकीन गर्नुपर्ने केन्द्रिय बैंकले जनाएको छ।

प्रकाशित : १४ श्रावण २०८१, सोमबार १२:३४