प्रभु बैंकले सञ्चालनमा ल्यायो एकै पटक दुई शाखा कार्यालय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकले सञ्चालनमा ल्यायो एकै पटक दुई शाखा कार्यालय



काठमाडौं । प्रभु बैंकले दुई वटा जिल्लामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले शाखा सञ्जाल विस्तार गर्ने क्रममा साउन १३ गतेबाट तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका-१ मा ३०८ औं र धनकुटा जिल्लाको धनकुटा नगरपालिका ७ स्थित हुलाक टोलमा ३०९ औं शाखा खोलेर बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

म्याङलुङ शाखा र धनकुटा शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको कम्पनीले बताएको छ ।

कम्पनीले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बताएको छ ।

कम्पनीले यसप्रकारको अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

कम्पनीले नेपालभर ३०९ शाखा कार्यालयहरु, २८६ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको बताएको छ ।

प्रकाशित : १३ श्रावण २०८१, आईतवार १७:३६