मौद्रिक नीतिमार्फत लघुवित्तका लागि गरिएका यस्ता छन् व्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मौद्रिक नीतिमार्फत लघुवित्तका लागि गरिएका यस्ता छन् व्यवस्था



काठमाडौं । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत लघुवित्त वित्तीय संस्थाहरुका लागि ६ वटा बुँदामा नीतिगत व्यवस्था गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति प्रस्तुत गर्दै लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय स्वास्थ्य सुधारका लागि विभिन्न व्यवस्था गरेको हो ।

लघुवित्त वित्तीय संस्थाहरु तथा तीनका शाखाहरु बीचको मर्जर तथा प्राप्तिलाई प्रोत्साहित गरिने उल्लेख छ ।

यस्तै, लघुवित्त वित्तीय संस्थाको सेवासम्बन्धमा रहेका गुनासाको सम्बोधन गर्दै ग्राहक हित संरक्षण गर्न अन्तर्राष्ट्रिय असल अभ्यास समेतका आधारमा ग्राहक हित संरक्षणलाई प्राथमिकतामा राखी आवश्यक नियामकीय व्यवस्था गरिने।

यसैगरी, लघुवित वित्तीय संस्थाहरुले कर्जामा लिने ब्याजदर तथा सेवा शुल्कसम्बन्धी नियामकीय व्यवस्थामा समसामयिक पुनरावलोकन गरिने ।

परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई निश्चित प्रतिशत ब्याज भुक्तानी गरी कर्जा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था समेत गरिएको छ ।

कुनै निश्चित प्रदेश वा क्षेत्रमा आफ्नो कार्यक्षेत्र सीमित राखी कार्य गर्ने लघुवित्त वित्तीय संस्थालाई प्रोत्साहन गर्न थप व्यवस्था मिलाइने तथा केन्द्रीय बैंकबाट इजाजतपत्रप्राप्त सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरुमा एनएफआरएस लागू गरिने समेत घोषणा भएको छ ।

प्रकाशित : ११ श्रावण २०८१, शुक्रबार १३:३०