नेपाल राष्ट्र बैंकले ल्यायो लचिलो मौद्रिक नीति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल राष्ट्र बैंकले ल्यायो लचिलो मौद्रिक नीति



काठमाडौं । नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति जारी गर्दै यस आर्थिक वर्षको मौद्रिक नीति लचिलो ल्याएको बताएका हुन् ।राष्ट्र बैंकमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।

अधिकारीले आर्थिक सुधार भएको बताएका छन् । उनले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढेको बताएका छन् ।
यसका साथै उनले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेको बताएका छन् । मूल्य वृद्धि ५.५ प्रतिशतको सिमामा रहने बताएका छन् ।

प्रकाशित : ११ श्रावण २०८१, शुक्रबार १२:५०