एनआईसी एशिया क्यापिटलको नाफा १२ करोड १० लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया क्यापिटलको नाफा १२ करोड १० लाख



काठमाडौं । मर्चेण्ट बैंकिङ्ग व्यवसायमा बढ्दै गईरहेको तिब्र प्रतिस्प्रर्धा, धितोपत्रको दोश्रो बजारको कारोवार समिक्षा अवधिभर नै मन्दी हुनु तथा समग्रमा देशको अर्थतन्त्र सुस्त भइरहेको समयमा समेत एनआईसी एशिया क्यापिटलले आथिक वर्ष २०८०/०८१ मा आफ्नो समग्र व्यवसायमा उत्साहजन बृद्धि गर्न सफल भएको छ । चुक्ता पूँजी २० करोड रहेको यस एनआईसी एशिया क्यापिटलले समीक्ष आथिक वर्षमा १२ करोड १० लाख भन्दा बढी खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी ६०.५० कायम गर्न सफल भएको छ । जुन गत् वर्षको तुलनामा १६.१२ प्रतिशतले बढी हो ।


आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म क्यापिटलले देहाय बमोजिमको व्यवसाय गर्न सफल भएको छ । आषाढ मसान्त, २०८१ को अन्त्यसम्म क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत ५ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ६ वटा योजनाहरु संचालन गरिरहेको छ । संचालनमा आएको पहिलो वर्ष देखि नै नगद प्रतिफल वितरण गर्न सफल “एनआईसी एशिया ग्रोथ फण्ड” ले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत, तेश्रो वर्ष ३० प्रतिशत, चौंथो वर्ष १३ प्रतिशत र पाँचौं वर्ष १०.५० प्रतिशत गरी हालसम्म ७५.५० प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ । “एनआईसी एशिया ब्यालेन्सड् फण्ड” ले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दोश्रो वर्ष ३० प्रतिशत, तेश्रो वर्ष १३ प्रतिशत र चौंथो वर्ष १० प्रतिशत गरी हालसम्म ६१ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ ।


पहिलो खुलामुखी योजना “एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड” संचालनमा आएको पहिलो वर्षमा १० प्रतिशत, दोश्रो वर्ष ६ प्रतिशत र तेश्रो वर्ष १० प्रतिशत गरी हालसम्म २६ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ । उक्त लाभांश वितरण पश्चात् तथा धितोपत्रको दोश्रो बजार तल्लो बिन्दुमा हुँदा समेत आषाढ मसान्त, २०८१ मा क्यापिटलबाट संचालित योजनाहरु “एन आई सी एशिया ग्रोथ फण्ड” को खुद सम्पत्ति मूल्य ११.४७, “एनआईसी एशिया ब्यालेन्सड् फण्ड” को खुद सम्पत्ति मूल्य ११ पहिलो खुलामुखी योजना “एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड” को खुद सम्पत्ति मूल्य ११.०९, तेश्रो बन्दमुखी योजना “एनआईसी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड)” को खुद सम्पत्ति मूल्य ११.४६, चौथो बन्दमुखी योजनाको “एन आई सी एशिया फ्लेक्सी क्याप फण्ड”को ११.३४ र पाँचौं बन्दमुखी योजना एन आई सी एशिया ग्रोथ फण्ड–२ को खुद सम्पत्ति मुल्य १०.०७ कायम गर्न सफल भएको छ।


नेपालमा संचालित सामूहिक लगानी कोष योजनाहरु मध्ये सुरक्षित अर्थात न्यून जोखिम र नियमित रुपमा प्रतिफल वितरण गर्न सक्ने पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” अन्तर्गत Systematic Investment Plan (SIP) तथा Systematic Withdrawal Plan (SWP) योजनाहरु समेत संचालन गरिरहेको र उक्त योजनामा अनलाईन मार्फत सहजै रुपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको छ ।

क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत ““IDEA to IPO” ” सेवा संचालन गरिरहेको छ । जस अन्तर्गत २०८१ आषाढ मसान्तसम्म २८ वटा कम्पनीहरुसंग दुई पक्षिय सम्झौता सम्पन्न भई कार्यहरु गरिरहेको छ । क्यापिटलले कुनै पनि कम्पनीको Ideation देखि कम्पनी स्थापना, Scale up: Expansion, Growth, Further Expansion हुदै ipo जारी गर्ने चरणसम्म कम्पनीलाई पुर्याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । साथै क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष संचालन गर्नको लागि स्वीकृति प्राप्त गरि विशिष्टीकृत लगानी कोष अन्तर्गतको योजना निकट भविष्यमा ल्याउन लागिएको व्यहोरा जानकारी गराइन्छ ।

लगानी व्यवस्थापन सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम् योजनाहरु संचालन गरीे आ.व. २०८०/०८१ को अन्त्यसम्ममा ७०४ जना ग्राहकहरुबाट २ अर्व ३४ करोड भन्दा बढी रकमको लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत समय समयानुकुल ग्राहकमुखी नविनतम् योजनाहरु संचालन गरिरहेको छ । उक्त सेवा अनलाईन मार्फत समेत लिन सकिने व्यवस्था मिलाइएको छ । लगानी व्यवस्थापन सेवा अन्तर्गतको रकम गर्त वर्षको तुलनामा १६.५७ प्रतिशतले बढी हो ।

प्रकाशित : १० श्रावण २०८१, बिहीबार ११:४८