सपोर्ट लघुवित्तको नाफा ७५.०३ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सपोर्ट लघुवित्तको नाफा ७५.०३ प्रतिशतले बढ्यो



काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

कम्पनीले असार मसान्तसम्ममा २ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ७५.०३ प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १८.१९ प्रतिशत बढेर ८ करोड २९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल सञ्चालन आम्दानी २८.६६ प्रतिशत र सञ्चालन मुनाफा १९४.३८ प्रतिशत बढेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३५ लाख रुपैयाँ रहेको कम्पनीको सम्भावित जोखिमबापतको व्यवस्था गत आर्थिक वर्षमा ९ लाख ७३ हजारमा सीमित भएको छ।

यसैगरी, कम्पनीको रिजर्भकोषमा ५ करोड ३३ लाख रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा कम्पनीले ३४ करोड ९१ लाख निक्षेप संकलन र १ अर्ब ६६ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।

यस अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७.८५ रुपैयाँ बढेर २२.१६ रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको मूल्य आम्दानी अनुपात ८३.९५ गुणा छ भने प्रतिशेयर नेटवर्थ १४९.५५ रुपैयाँ छ।

प्रकाशित : १० श्रावण २०८१, बिहीबार १०:५१