सौर्य एयर दुर्घटनामा १८ यात्रुको मृत्यु, एक जनाको जीवितै उद्धार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सौर्य एयर दुर्घटनामा १८ यात्रुको मृत्यु, एक जनाको जीवितै उद्धार



काठमाडौं । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी अधिकारीहरुले जनाएका छन् । सङ्कलित शव अहिले महाराजगञ्ज अवस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, केएमसी अस्पताल सिनामंगल लगिएको छ । विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ ।

प्रकाशित : ९ श्रावण २०८१, बुधबार १३:२३