कामना सेवा विकास बैंकको नाफामा उल्लेख्य सुधार, अन्य सूचक कस्ता छन् ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कामना सेवा विकास बैंकको नाफामा उल्लेख्य सुधार, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८०/०८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद नाफा बढेको छ।

गत आर्थिक वर्षमा कम्पनीले ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ६६.९३ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

इम्पेरमेन्ट चार्ज घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीकोे खुद ब्याज आम्दानी २.७८ प्रतिशतले वृद्धि भएको छ भने खुद फि तथा कमिशन पनि ११.४२ प्रतिशतले वृद्धि भएको छ। यस अवधिसम्ममा कम्पनीको कुल सञ्चालन आम्दानी ७.०८ प्रतिशत र सञ्चालन मुनाफा ५३.०८ प्रतिशतले वृद्धि भएको छ।

गत आवमा कम्पनीको वितरणयोग्य मुनाफा ३० करोड २९ लाख रुपैयाँ देखिन्छ। कम्पनीले असार मसान्तसम्ममा ५९ अर्ब ६ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४५ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। कम्पनीको रिजर्भ कोषमा २ अर्ब ११ करोड ५६ लाख रुपैयाँ छ।कम्पनीको चुक्तापूँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ छ ।

यसैगरी, यस अवधिमा नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७.३७ रुपैयाँ बढेर १८.३८ रुपैयाँ पुगेको छ। त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात २२.६३ गुणा छ भने प्रतिसेयर नेटवर्थ १६४.४८रुपैयाँ छ।

प्रकाशित : 24 July, 2024 10:39 am