श्रृजनशील लघुवित्तले डाक्याे साउन ३२ गते पाँचौ वार्षिक साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

श्रृजनशील लघुवित्तले डाक्याे साउन ३२ गते पाँचौ वार्षिक साधारण सभा



काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले साउन ३२ गते पाँचौ वार्षिक साधारण सभा डाकेकाे छ। सभा विनायक होटल एन्ड बर्दिवास, महोत्तरीमा बिहान ११ बजे सुरु हुनेछ ।

यसपटक लघुवित्तले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने कुनै प्रस्ताव गरेको छैन् । सभामा अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गरिएको छ ।

सर्वसाधारण तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व एक जना सञ्चालकको निर्वाचन भएको छ ।

त्यसैगरी, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित : ८ श्रावण २०८१, मंगलवार १२:५९