एभरेष्ट बैंकले सुरू गर्‍यो क्रेडिट एक्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एभरेष्ट बैंकले सुरू गर्‍यो क्रेडिट एक्स



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स) सञ्चालनमा ल्याएको छ । सोमबार बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एस.बी सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जोग मिश्राले सहमतिमा हस्ताक्षरगरेसँगै यो प्रणाली कार्यान्वयनमा आएको हो ।

यस प्रणालीले आन्तरिक कर्जा स्वीकृति व्यवस्थापन, कर्जा कार्यप्रवाह, जोखिम मूल्याङ्कन, कर्जाका कागजातहरू र कर्जा स्वीकृतिको प्रक्रियाहरूलाई स्वचालित र डिजिटाइज गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, बैंकहरूले कागजमा निर्भर कर्जा प्रवाहलाई प्रतिस्थापन गर्न सक्नेछन्, ग्राहकहरू सम्बन्धी जोखिम मापदण्डहरू प्रणाली भित्रै निगरानी गरेर कर्जा जोखिम न्यून गर्न सक्षम हुनुका साथै छिटो कर्जा स्विकृती प्रक्रिया हुने बैंकले जनाएको छ ।

क्रेडिट स्वचालन प्रणाली मार्फत अनलाइन कर्जा योग्यता, इन्टा लोन, पेडे लोन, अनलाइन खाता खोल्ने, कागजात व्यवस्थापन प्रणाली, विक्रेताहरू व्यवस्थापन प्रणाली, व्यवसाय बैंकिङ प्रणाली र ग्यारेन्टीहरूको स्वचालन, मेमो व्यवस्थापन प्रणाली, बजेट व्यवस्थापन प्रणाली लगायत उत्पादनहरूको चयन गरिएको छ ।

प्रकाशित : ८ श्रावण २०८१, मंगलवार १२:५०