ट्रष्ट माइक्रो इन्स्योरेन्स र नेपाल क्लियरिङ हाउस बीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ट्रष्ट माइक्रो इन्स्योरेन्स र नेपाल क्लियरिङ हाउस बीच सम्झौता



काठमाडँैं । ट्रष्ट माइक्रो इन्स्योरेन्स र नेपाल क्लियरिङ हाउस(एनसीएचएल) बीच डिजीटल माध्यमबाट भुक्तानी गरि बीमालेख खरिद गर्ने कार्यका लागि सोमबार द्विपक्षीय सम्झौता भएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत उज्जवल ढुङ्गाना र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात ट्रष्ट माइक्रो इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच अन्तरगतको पेमेन्ट इन्टरफेससँग जोडिने नीर्जिवन माइक्रो इन्स्योरेन्स कम्पनी बन्न सफल भएको छ । त्यस्तै, यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल आईपीएस प्रणालीसँग जोडेर बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेण्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानीलगायत आफ्नो लगानीसम्बन्धी कारोबारहरु आवद्ध भएका बैंक खातामा सोझै गर्न सक्नेछ ।

सम्झौतापछि ट्रष्ट माइक्रो इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ खातामा सार्न पनि मद्दत पुग्ने कम्पनीका सूचना अधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृत विश्वजन थापा श्रेष्ठले जानकारी दिएका छन् ।

उक्त सम्झौतासँगै ट्रष्ट माइक्रो इन्स्योरेन्स नेशनल पेमेन्ट सिस्टममा अ‍ैपचारिक आवद्ध हुने पहिलो लघु नीर्जिवन कम्पनी भएको हो । उनका अनुसार कम्पनीका सम्पुर्ण शाखा, उपशाखा तथा एक्सटेन्सन काउण्टरहरुबाट एनसीएचएल क्यूआर भुक्तानीमार्फत पनि बीमालेख खरिद गर्न सकिने छ ।

बुटवलमा प्रधान कार्यालय रहेकोे उक्त कम्पनीले नेपाल बीमा प्राधिकरणबाट झण्डै २.५ दर्जनभन्दा बढीे शाखा, उपशाखा तथा एक्सटेन्सन काउण्टरको स्वकृति लिइ लघु नीर्जिवन बीमा सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : ७ श्रावण २०८१, सोमबार १७:०४