नाफासँगै निफ्राको आम्दानी पनि घट्यो, प्रतिसेयर आम्दानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नाफासँगै निफ्राको आम्दानी पनि घट्यो, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा)को गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ५.९८ प्रतिशतले घटेर एक अर्ब ३३ करोड पाँच लाख रुपैयाँमा झरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले एक अर्ब ४१ करोेड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

एक वर्षको अवधिमा कम्पनीको बैंकको खुद ब्याज आम्दानी ६.४७ प्रतिशतले घटेर दुई अर्ब ५४ करोड ९७ लाख रुपैयाँमा झरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी दुई अर्ब ७२ करोड ६० लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिसन आम्दानी ५४.२६ प्रतिशतले घटेर एक करोड चार लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा बैंकको यस्तो आम्दानी दुई करोड २७ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषको आकार ३२.१२ प्रतिशतले बढेर दुई अर्ब ९५ करोड ८८ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमै बैंकको निक्षेप ६.९३ प्रतिशतले घटेर ८२ करोड ९८ लाख ५६ हजार रुपैयाँमा झरेको छ ।

यस अवधिमा बैंकको कर्जा लगानी ४ प्रतिशतले बढेर २० अर्ब ८६ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ६.८६ प्रतिशतले घटेर दुई अर्ब ५६ करोड रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३९ पैसाले घटेर ६ रुपैयाँ १६ पैसामा झरेको छ भने प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ७० पैसा रहेको छ ।

प्रकाशित : ७ श्रावण २०८१, सोमबार ११:१७