पाँचतारा साकोसद्धारा रक्तदान कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पाँचतारा साकोसद्धारा रक्तदान कार्यक्रम सम्पन्न



काठमाडाै २१ चैत । पेप्सीकोलामा रहेको पाँचतारा बचत तथा ऋण सहकारीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले ६०औं राष्ट्रिय सहकारी दिवस एवं संस्थाको नवौं स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको हो  । संस्थाको आयोजना तथा जिल्ला सहकारी संघ २ नम्बर क्षेत्र र ब्लोदान पूर्वी भेगिय क्षेत्रिय समिति, कोटेश्वरको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाई, महासचिव खेमराज सुवेदी, २ नम्बर क्षेत्रिय संयोजक नेत्र धिताल र ब्लोदान काठमाडौं जिल्ला अध्यक्ष ठाकुर दासको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा तीनकुने स्थित आलोपालो बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक एवं कर्मचारीहरुले समेत रक्तदान गरेका थिए । कार्यक्रममा १ सय १० जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष भोलानाथ पाठकले जानकारी दिए । संस्थाले विगत ९ वर्षदेखि शेयरसदस्य, विभिन्न संघसंस्था र स्थानीयको उपस्थितिमा रक्तदान गर्दै आएको उनले बताए ।

संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५ पटक भन्दाबढी रक्तदान गर्ने व्यक्तिहरुलाई चाँदीको सिक्का प्रदान गर्ने जनाएको छ । रक्तदानमा सहभागि हुने प्रत्येक रक्तदानलाई रक्तदान सम्बन्धी जनचेतना जगाउने टिसर्ट उपलब्ध गराइएको थियो ।

संस्थाले चालु आवको फागुन मसान्तसम्म ५ करोड ११ लाख ३१ हजार शेयरपूँजी संकलन गरेको छ । त्यसैगरी ३६ करोड ६७ लाख ६४ हजार बचत संकलन गरी ४५ करोड २८ लाख कर्जा प्रवाह गरेको जनाएको छ । संस्थाको कूल कारोबार ५० करोड पुगेको छ संस्थाले जनाएको छ ।

प्रकाशित : २१ चैत्र २०७३, सोमबार ०४:४५