१०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

१०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक



काठमाडौँ । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्ने भएको छ । आइतबार एक सूचना जारी गद बैंकले नोटको डिजाइनसहित छपाई र ढुवानीसहितको जिम्मेवारीका लागि अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको हो ।

राष्ट्र बैंकबाट गत २९ अक्टोबर, २०२१ मा नै जारी बोलकबोलमा सहभागी भई प्रारम्भिक छनोटमा परेका योग्य कम्पनी तथा फर्महरूलाई पुनः दरखास्त आह्वान गरेको सूचनामा उल्लेख छ ।

राष्ट्र बैंक मुद्रण विभागका अनुसार योग्य छनोटमा परेका आवेदकले ४ सेप्टेम्बर, २०२४ दिनको १२ बजेसम्म आवेदन दिन सक्नेछन् । छनोटमा परेका र टेन्डर पाएको कम्पनीले स्वीकृतिको अधिकतम १२० दिनभित्र नोट छपाई गई ढुवानी समेत गरिसक्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

आवेदक कम्पनीले धितोको रूपमा २ करोड ७५ लाख रुपैयाँ राख्नुपर्नेछ ।

प्रकाशित : ६ श्रावण २०८१, आईतवार १४:१७