एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा जोशी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा जोशी



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा चोलराज शर्मा जोशी नियुक्त भएका छन् । संस्थाको साउन ६ गते आइतबार बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले जोशीलाई संस्थाको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई साउन ७ गतेदेखि लागू हुनेगरी सीईओमा नियुक्त गरिएको हो ।

यसअघिका संस्थाको सीईओ लक्ष्मण चालिसेलाई संस्थापक तथा माउ कम्पनी एनआईसी एशिया बैंकले फिर्ता बोलाएकाले रिक्त रहेको पदमा चोलराज शर्मा जोशीलाई नियुक्त गरिएको हो ।

प्रकाशित : ६ श्रावण २०८१, आईतवार ११:३९