महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त



काठमाडौं । नेपाल सरकारको महान्यायाधिवक्‍तामा रमेश बडाल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

यसअघिका महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले सरकार परिवर्तन भएसँगै राजीनामा दिएका थिए । प्रधानमन्‍त्री केपी शर्मा ओलीले संविधानको धारा १५७ को उपधारा २ बमोजिम बडाललाई महान्यायाधिवक्तामा सिफारिस गरेका थिए । वरिष्ठ अधिवक्ता बडाल नेकपा एमालेका कानुन विभाग प्रमुख हुन्।

प्रकाशित : २ श्रावण २०८१, बुधबार १७:५९