काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशको विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । कम्पनीले सुनसरीको हरिनगरा नगरपालिका–२, भुटाहास्थित शाखा कार्यालय भुटाहा, काठमाडौं महानगरपालिका-२, लाजिम्पाटमा आइतबारदेखि शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेकोे हो ।
त्यस्तै, काठमाडौं महानगरपालिका–४, सुकेधारास्थित शाखा कार्यालय सुकेधारा, कास्कीको पोखरा महानगरपालिका-१, हरिचोकस्थित शाखा कार्यालय हरिचोक, रुपन्देहीको तिलोत्तमा नगरपालिका- ५, मणिग्रामस्थित शाखा कार्यालय मणिग्राम र बर्दियाको बढैयाताल गाउँपालिका-६, मैनापोखरस्थित शाखा कार्यालय मैनापोखर शाखा कार्यालयहरु विस्तार गरी आइतबारबाट कारोबार शुभारम्भ गरेको कम्पनीले बताएको छ ।
यससँगै कम्पनीको शाखा कार्यालयको संख्या २९४ पुगेको छ । साथै कम्पनीले आइतबारदेखि नै स्याङ्जाको चापाकोट नगरपालिका– १० स्थित इसान बहुप्राविधिक शिक्षालयमा ७३ औं एक्स्टेन्सन काउन्टरसमेत सञ्चालनमा ल्याएको छ ।
कम्पनीको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर छन् ।
Comment