मातृभूमि लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा लोकराज शर्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मातृभूमि लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा लोकराज शर्मा



मातृभूमि लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा लोकराज शर्मा चयन भएका छन्।

कम्पनीको गत असार २७ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा शर्मालाई चयन गरेको हो ।

यसैगरी, सोही बैठकले शम्भुप्रसाद घिमिरे,षडानन्द सापकोटा,भरतबहादुर हमाल,अर्जुन श्रेष्ठ, सुष्मा गौतम र बिमला गौतमलाई सञ्चालक समितिमा चयन गरेको छ । गत बिहीबारदेखि उक्त कम्पनीले एकीकृत वित्तीय कारोबार शुरु गरेको थियो ।

एकीकृत वित्तीय कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले गरेका थिए ।किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर उक्त कम्पनीले एकीकृत वित्तीय कारोबार शुरु गरेको हो ।

प्रकाशित : 14 July, 2024 11:23 am