अाज देशभर ६० औं राष्ट्रिय सहकारी दिवस मनाईंदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अाज देशभर ६० औं राष्ट्रिय सहकारी दिवस मनाईंदै



काठमाडाै, २० चैत । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नाराका साथ ६० औं राष्ट्रिय सहकारी दिवस मनाइदैछ ।

वि.सं.२०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्था लिमिटेडको स्थापना भइ नेपालमा सहकारी अभियानको सुरुवात भएको थियो ।

त्यहि दिनको सम्झनामा चैत २० गतेलाई राष्ट्रिय सहकारी दिवस मनाउन थालिएको हो । अहिले नेपालमा विभिन्न विषयगत तथा बहुउद्देश्यीय गरी झण्डै ३४ हजार सहकारी संस्था छन् ।

रोजगारी सिर्जना, गरिबी न्युनिकरण र देशको ग्राहस्थ उत्पादन तथा राजस्व संकलनमा सहकारी क्षेत्रको योगदान उल्लेखनीय छ ।

तर यस क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र सुरक्षित बनाउनुपर्ने आवाज उठ्दै आएको छ ।

प्रकाशित : २० चैत्र २०७३, आईतवार ०२:१६