लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार



काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।

काठमाडौं जिल्लाको बौद्धमा रहेका २ शाखा मध्ये गोकर्णेश्वर नगरपालिका वडा नं.६ स्थित शाखा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.५ को थलीमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको बौद्ध शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको बौद्व पिपलबोटको शाखा (हालको स्थानबाट ४०० मिटर) मार्फत सेवा लिन सक्ने छन् ।

स्थानान्तरण भएसँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।

बैंकको ५९ जिल्लामा २५४ शाखा, ३१६ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

प्रकाशित : २३ असार २०८१, आईतवार १३:२७