सहकारीसम्बन्धी पाँच हजार तीन सय उजुरी दर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

सहकारीसम्बन्धी पाँच हजार तीन सय उजुरी दर्ता



काठमाडौं । हालसम्म सहकारीसम्बन्धी पाँच हजार तीन सय उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । शुक्रबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’बैंकमा उपस्थित प्रहरी अधिकारीले यस्तो जानकारी दिएका हुन् ।

जसमा ५५ हजार ४१० पीडितले ११ अर्ब ६६ करोड ४७ लाख माग दाबी गर्दै उजुरी दर्ता गरेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र अपराध अनुसन्धान विभागले सहकारीसम्बन्धी उजुरीको अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका क्रममा ११ सय प्रतिवादी मध्ये २९४ जना पक्राउ परेको र ८५६ जना फरार रहेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा डमी ऋणी समेत खडा गरेको भेटिएको छ ।

समितिले छलफलका लागि गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुवँर, केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख श्यामलाल ज्ञवाली, अपराध अनुसन्धान कार्यालयका प्रमुख टेकबहादुर तामाङ लगायतसँग छलफल गरेको थियो ।

प्रकाशित : २१ असार २०८१, शुक्रबार १७:३७