ग्राहकलाई प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

ग्राहकलाई प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह



काठमाडाैं । एनआईसी एशिया बैंकले स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न सेवाग्राहीसँग आग्रह गरेको छ ।ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागमार्फत जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले प्यान अद्यावधिक गर्न कम्पनीले ग्राहकलाई आग्रह गरेको हो ।

बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एपमा रहेको ‘‘PAN Update’ विकल्पमा ट्याब गरी प्यान अद्यावधिक गर्न सकिने छ ।

आफूलाई पायक पर्ने कम्पनीको जुनसुकै शाखा कार्यालयबाट पनि प्यान अद्यावधिक गर्न सकिने छ ।कम्पनीका अनुसार यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई E-TDS रेकर्डमा जनाउनका लागि पनि प्यान अत्यावश्यक छ ।

प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण सो प्यानमा प्रबिष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ ।जसले गर्दा ग्राहक महानुभावहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुने पनि कम्पनीले बतएको छ ।

प्रकाशित : २१ असार २०८१, शुक्रबार १०:३८