राष्ट्रिय जीवन बीमा कम्पनीकाे बोनस दर सार्वजनिक, प्रतिहजार ६० रुपैयाँसम्म « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

राष्ट्रिय जीवन बीमा कम्पनीकाे बोनस दर सार्वजनिक, प्रतिहजार ६० रुपैयाँसम्म



काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०६९/७० सम्मको बोनस दर घोषणा गरेको छ। नेपाल बीमा प्राधिकरणको २०८० माघ १७ गतेको पत्रबाट प्राप्त स्वीकृतिका आधारमा कम्पनीले उक्त आर्थिक वर्षका लागि बोनस दर घोषणा गरेको हो।

कम्पनीको आव २०६७/६८ देखि २०६९/७० सम्मको इनफोर्स पोलिसी कायम रहेको जम्मा बीमालेख संख्या १ लाख ६२ हजार ७२१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकनसम्बन्धी बीमांकीय मूल्यांकन प्रतिवेदन बीमा प्राधिकरणले स्वीकृत गरेको छ।

सोहीअनुसार कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी (बोनस दर गरी) जारी गरेको सबै किसिमका बीमालेखमा आव २०८१/८२ का लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा ६० रुपैयाँ दर कायम गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित : २० असार २०८१, बिहीबार १०:१६