हिमालयन लघुवित्तको सीईओमा पुन: विनोद आचार्य नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

बैंक / वित्त

हिमालयन लघुवित्तको सीईओमा पुन: विनोद आचार्य नियुक्त



काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा विनोद आचार्यले पुन: निरन्तरता पाएका छन् । उनको पदावधि असार मसान्तसम्म रहेकोमा कम्पनीको गत मंगलबार बसेको सञ्चालक समितिको बैठकले आगामी साउन १ गतेबाट लागू हुने गरि आगामी चार वर्षे कार्यकालको लागि सीईओ पदमा पुनः नियुक्ति गरेको हो ।

मर्जर हुनु अघि उनी सिभिल लघुवित्त वित्तीय संस्थाको सीईओ थिए । विगत दुई दशकभन्दा बढी समयदेखि लघुवित्त क्षेत्रमा क्रियाशिल रहेका आचार्यले व्यवस्थापन विषयमा एमपीए तथा एमबीए गरेका छन् ।

यसअघि उनले आरम्भ लघुवित्त वित्तीय संस्थामा सीईओ भएर कार्य गरिसकेका छन् । यसैगरी, उनले आरम्भ लघुवित्तभन्दा अघि डिप्रोक्स तथा नाडेप लघुवित्त वित्तीय संस्थाको उच्च व्यवस्थापकीय तहमा भुमिका निर्वाह गरिसकेका छन् । हिमालयन लघुवित्त हिमालयन बैंकको सहायक कम्पनी हो ।

प्रकाशित : १९ असार २०८१, बुधबार १२:३४