बजारबाट ५० अर्ब तान्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

बैंक / वित्त

बजारबाट ५० अर्ब तान्दै राष्ट्र बैंक



काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्ने भएको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ५०अर्ब रुपैयाँ झिक्न लागेको हो ।

बैंकले निक्षेप संकलन बोलकबोलमार्फत् गर्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकम बराबर बोलकबोल गर्न सक्नेछन्।

प्रकाशित : १९ असार २०८१, बुधबार १२:१८