नुनकाे मूल्य बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नुनकाे मूल्य बढ्याे



काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य बढाएको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले नुनको मूल्य ४ रुपैयाँ बढाएर खुद्रा मूल्य २६ रुपैयाँ पुर्‍याउने निर्णय गरेको हो।

साल्ट ट्रेडिङ कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले बढेको मूल्य आजै  मध्यरातिदेखि लागू जानकारी दिए। नुनको नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २२ रुपैयाँ पर्न आएकाले बजारमा पठाउने नुनको मूल्य बढाइएको उनको भनाइ छ।

साल्ट ट्रेडिङले भानु नुनको मूल्य भने यथावत् राखेको छ। भानु नुन प्रतिकिलो ९ रुपैयाँमै उपभोक्तालाई उपलब्ध गराउने साल्ट ट्रेडिङले जनाएको छ।

यसैगरी न्यू शक्ति नुनको उपभोक्ता मूल्य प्रतिकिलो २० रुपैयाँमा पुगेको छ। यसअघि न्यू शक्ति नुनको उपभोक्ता मूल्य १६ रुपैयाँ थियो। आयो नुन र न्यू शक्तिको थोक मूल्य भने क्रमशः २३ र १७ रुपैयाँ रहेको छ। 

प्रकाशित : १८ असार २०८१, मंगलवार २२:२२