नबिल बैंकले ऋणपत्र निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नबिल बैंकले ऋणपत्र निष्कासन गर्ने



काठमाडौ । नबिल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ ।

कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो ।कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि गत असार १४ गते सेबोनमा निवेदन दिएको हो । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग छ ।

कम्पनीले आगामी आठ वर्षका लागि वार्षिक आठ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्ने तयारी गरेको छ ।

धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले कुल ३० लाख कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि जारी गर्नेछ भने १८ लाख कित्ता चाहिं व्यक्तिगत तबरबाट बिक्री गर्ने योजना बनाएको छ । 

प्रकाशित : १८ असार २०८१, मंगलवार १९:३९