नेपाल लाइफ इन्स्योरेन्सको २३ र २४औं वार्षिक साधारणसभा सम्पन्न,२१.०५ % लाभांश प्रस्ताव पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

नेपाल लाइफ इन्स्योरेन्सको २३ र २४औं वार्षिक साधारणसभा सम्पन्न,२१.०५ % लाभांश प्रस्ताव पारित



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २३ र २४औं वार्षिक साधारणसभा आज विरंगजमा सम्पन्न भएको छ । कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले वीरगञ्जस्थित होटल भिष्वामा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्ष को लागि संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको २१।०५ प्रतिशत (कर प्रयोजन सहित) को नगद लाभांश वितरण गर्न स्वीकृत गरेको छ।

आव २०७८।७९ र २०७९।८० को वार्षिक कार्य प्रगति र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित भएको छ।

साथै आव २०७९।८० को लागि लेखापरीक्षकलाई गरिएको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित पारित गर्नेछ । कम्पनीको संचालक समितिमा संस्थापक समूह ‘क’ बाट ३ जना, समूह ‘ख’ बाट ३ जना र १ जना स्वतन्त्र संचालक नियुक्ति गर्ने र संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

प्रकाशित : १८ असार २०८१, मंगलवार १४:२२