प्रभु बैंकका ग्राहक र कर्मचारीलाई होटल हिमालयमा छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

बैंक / वित्त

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई होटल हिमालयमा छुट



काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई ललितपुरको कुपन्डोलमा अवस्थित होटल हिमालयले आफ्ना विभिन्न सेवामा विशेष छुट दिने भएको ।

एक समारोहबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रबिन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालयको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

आन्तरिक तथा वाह्य पर्यटकका लागि लक्षित चारतारे होटल हिमालय विगत ३७ वर्षदेखि ग्राहकहरुको सेवामा समर्पित छ । विदेशी तथा नेपालीहरुमा निकै रुचाइएको यस होटलमा सौना स्टिम, स्विमिङ पुल र फिटनेस सेन्टर पनि छन् । ग्राहकहरुको सेवाको लागि सोही परिसरमा दुईवटा रेष्टुरेन्ट पनि रहेकोाछ छन् ।

प्रकाशित : १७ असार २०८१, सोमबार १६:५४