अब बीमा कम्पनीले छुट्टै दाबी विभाग गठन गर्नुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अब बीमा कम्पनीले छुट्टै दाबी विभाग गठन गर्नुपर्ने



नेपाल बीमा प्राधिकरणले ‘बीमा दाबी भुक्तानी मार्गदर्शन २०८१’ लागू गरेको छ । प्राधिकरणले बीमा दाबी भुक्तानी प्रक्रियालाई छिटो, छरितो र पारदर्शी बनाउन मार्गदर्शन लागू गरिएको जानकारी गराएको छ । मार्गदर्शन अनुसार बीमा कम्पनीहरुले छुट्टै दाबी विभाग गठन गर्नुपर्ने भएको छ । यस्तै, बीमालेख बमोजिम बीमा दाबी गर्नुपर्ने भएमा दाबीकर्ताले यथासम्भव छिटो बीमकलाई लिखित जानकारी गराउनुपर्नेछ ।

लिखित जानकारी गराउन नसक्ने अवस्था भएमा दाबीकर्ताले मौखिक, टेलिफाने, इमेल वा अन्य कुनै माध्यमबाट समेत सूचना दिन सक्नेछन् । यता, जीवन बीमाको हकमा परिपक्व भएको बिमालेखको दाबी भुक्तानीमा बीमकले बिमालेख परिपक्व भएको मितिले १५ दिनभित्र सकल बिमालेख वा परिचय खुल्ने कागजातसहित भुक्तानी लिनका लागि सूचना जारी गर्नुपर्ने व्यवस्था गरेको छ ।

प्रकाशित : १६ असार २०८१, आईतवार १८:५०