जेए ग्रुपद्वारा वृद्धाश्रममा खाध्य सामग्री वितरण, प्रत्येक महिना एउटा सामाजिक कार्य गर्ने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

जेए ग्रुपद्वारा वृद्धाश्रममा खाध्य सामग्री वितरण, प्रत्येक महिना एउटा सामाजिक कार्य गर्ने घोषणा



काठमाडौं । जेए ग्रुपले असार १५ अर्थात धान दिवसका अवसरमा भक्तपुरको ओम वृद्धाश्रममा खाध्य सामग्री वितरण गरेको छ । संस्थाले वृद्धाश्रममा २१ जना वृद्ध वृद्धा तथा आश्रमका कर्मचारीलाई समेत दहिचिउरा, मिठाइ, फलफुल तथा अन्य खाध्यान्न वितरण गरेको हो ।

यसअधि संस्थाले २ जना क्यान्सर पिडितलाई जनहि ५० हजारका दरले आर्थिक सहयोग समेत गरेको थियो ।

जेए ग्रुप विभिन्न समय समयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग गर्दै आइरहेको छ । यसैगरी संस्थाले यसै वर्षदेखि प्रत्येक महिना कम्तिमा एउटा सामाजिक कार्य गर्ने समेत घोषणा गरेको छ ।

४८ वर्षअघि लप्सीका बियाँ निर्यात गर्ने जितबहादुर श्रेष्ठले एनबीबाट बाहिरिएर जेए ग्रुपमार्फत व्यवसाय विस्तार गरेका हुन् । जेए ग्रुप कृषि, पर्यटन, जलविद्युत, बैंकिङ र औद्योगिक क्षेत्रमा लगानी गर्दै आएको छ ।

प्रकाशित : १६ असार २०८१, आईतवार १५:३५