लालीगुराँस बहुउद्देश्यीय सहकारीका सीईओ सुरेन्द्र भण्डारी पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

सहकारी

लालीगुराँस बहुउद्देश्यीय सहकारीका सीईओ सुरेन्द्र भण्डारी पक्राउ



काठमाडौं । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी पक्राउ परेका छन् । बचतकर्ताको रकम अपचलनको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई शुक्रबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको विशालनगरबाट पक्राउ गरेको हो ।

भण्डारी सहकारीको बचत अपचलन प्रकरणपछि फरार रहेका थिए ।

लालिगुराँस सहकारी ठगीसम्बन्धी छानविन गर्न गठित संसदीय विशेष समितिको सूचीमा पनि रहेको छ ।

उक्त सहकारी सञ्चालकहरूले बचतकर्ताको ६ अर्बभन्दा बढी रूपैयाँ अपचलन गरेकाे थियाे ।

प्रकाशित : १५ असार २०८१, शनिबार १५:४१