सबैको र साधना लघुवित्तले ‘सम्पदा लघुवित्त’ को नामबाट एकीकृत कारोबार गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

सबैको र साधना लघुवित्तले ‘सम्पदा लघुवित्त’ को नामबाट एकीकृत कारोबार गर्ने



काठमाडौं । साधाना र सबैको लघुवित्त एक आपसमा मर्ज भएपछि सम्पदा लघुवित्तको नामबाट एकीकृत कारोबार हुने भएको छ । नेपाल राष्ट्र बैंकले दुवै कम्पनी एक भएपछि सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड को नामबाट एकीकृत कारोबार सुरु गर्न स्वीकृति दिएको छ ।

दुवै कम्पनी एक आपसमा मर्ज भएर एकीकृत कारोबार गर्नको लागि अन्तिम तयारीमा रहेका छन् । दुवै कम्पनीलाई एक आपसमा मर्ज हुन नेपाल राष्ट्र बैंकले पनि अन्तिम स्वीकृति दिईसकेको छ ।

यसअघि नै दुवै लघुवित्तबीच एक आपसमा गाभिएर कारोबार गर्ने सम्झौता भईसकेको छ । यी दुई कम्पनीले वैशाख १२ गते मर्जरका लागि अन्तिम सम्भौतापत्रमा हस्ताक्षर गरेका थिए । यी दुई कम्पनी १ः १ अनुपातमा मर्ज हुन लागेका हुन् ।

हाल साधनाको रजिष्टर्ड कार्यालय गोरखा नगरपालिका–६ हरमटारी, गोरखामा रहेको छ भने सबैको लघुवित्तको रजिष्टर्ड कार्यालय तनहुँ जिल्ला, बन्दीपुर गाउँपालिका–१ डुम्रेमा रहेको छ।

प्रकाशित : १४ असार २०८१, शुक्रबार १५:५२