एनआईसी एशिया लघुवित्तको अध्यक्षमा प्रकाश राज शर्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा प्रकाश राज शर्मा



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको रिक्त रहेको अध्यक्ष पदमा प्रकाश राज शर्मा चयन भएका छन् ।कम्पनीको गत असार १३ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

साथै बैठकले शर्मालाई बाँकी कार्यकालका लागि सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकसमेत नियुक्त गरेको छ ।

यसअघि सुवर्ण पौडेलले अध्यक्ष पदबाट राजीनामा दिएपछि अध्यक्ष पद रिक्त थियो । सोही बैठकले पौडेलको राजीनामा असार ६ गतेबाट लागू हुने स्वीकृत गरेको छ ।

प्रकाशित : १४ असार २०८१, शुक्रबार १३:५२