एनएमबि बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

बैंक / वित्त

एनएमबि बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस



काठमाडौं । एनएमबि बैंकले सातै प्रदेशमा वर्ल्ड एमएसएमई डे २०२४ को अवसरमा विशेष समारोहबीच आफ्ना ग्राहकलाई सम्मान गरेको छ। कार्यक्रममा विभिन्न विभिन्न बैंकका ८ सयभन्दा धेरै ग्राहकहरुको उपस्थिति थियो ।

कार्यक्रमा उपस्थित ग्राहकहरुबीच एक आपसमा सम्बन्ध जोड्न र उनीहरुको ब्यवसाय प्रवर्दन गर्नको लागि बैंकले सहजिकरण गर्दै ग्राहकहरुलाई उनीहरुको ब्यवसायमा आइपरेको विभिन्न समस्याहरु समाधान गर्नको लागि सुझाव दिइएको थियो भने उपस्थित केहि ग्राहकहरुले आफ्नो सफलतका कथाहरु समेत सुनाएका थिए ।

एमएसएमई तथा अन्य प्राथमिक क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको बैंकले, एमएसएमई दिवस बिगत ३ बर्षदेखि मनाउँदै आएको छ । यस्ता कार्यक्रमा उपस्थित ग्राहकहरुले प्रतिस्पर्धात्मक बजारमा आफुलाई शसक्त बनाएर आफ्नो ब्यापार ब्यवसाय बढाउने समेतको आत्मविश्वास बैंकले प्रदान गरेको छ।

एनएमबि बैंक विगत २८ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।

बैंक दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि “बैंक अफदि इयर एसिया २०२१” उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८८ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रकाशित : १४ असार २०८१, शुक्रबार १२:३२