ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर विक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर विक्रीमा



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर विक्री गर्ने भएको छ । संस्थाका सेयरधनीहरुले सेयर विक्री गर्न ईच्छा राखी निवेदन दिएअनुसार लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको छ हजार ९६९ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयरको मूल्य प्रतिकित्ता ५०० रुपैयाँ रहेको छ । उक्त सेयरमा हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कास्कीको पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

लघुवित्तले तोकिएको उक्त समयभित्र कम्पनीका संस्थापकबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति संस्था वा सर्वसाधारणमा बिक्री गरिने बताएको छ ।

प्रकाशित : १३ असार २०८१, बिहीबार १२:१६