प्रभु बैंक र मुस्ताङका विभिन्न ११ होटल तथा रेष्टुरेन्ट बीच छूट सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

प्रभु बैंक र मुस्ताङका विभिन्न ११ होटल तथा रेष्टुरेन्ट बीच छूट सम्झौता



काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई मुस्ताङ जिल्लामा अवस्थित विभिन्न होटलका सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

छुट्टाछुट्टै समारोहका बीच सम्पन्न सम्झौतामा उक्त जिल्लाका विभिन्न ११ वटा होटेलका सञ्चालक र प्रभु बैंकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख एवम् शाखा प्रमुख नरेन्द्र थकालीसहित विभिन्न शाखाका शाखा प्रमुहरुले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छूट प्राप्त गर्न सक्ने छन् ।

मुस्ताङ्ग जिल्ला नेपालको गण्डकी प्रदेशको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो । हिमालपारीको नामबाट चिनिने यो जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको बीचमा अवस्थित छ । मुक्तिनाथ, कागवेनी, दामोदर कुण्ड जस्ता धार्मिक एवम् जोमसोम,मार्फा, ढुम्बाताल,लेते जस्ता प्राकृतिक एवम् लोमान्थाङ्ग जस्ता साँस्कृतिक रुपमा परिचित मुस्ताङ्ग स्याऊ,आलु फापर, सिमि जस्ता कृषि उत्पादनले पनि प्रख्यात छ ।

सो सम्झौता बमोजिम ग्राहक तथा प्रभु बैंका कर्मचारीहरुका लागि आवास तथा खानामा १० प्रतिशतसम्मका छूटहरु प्राप्त गर्न सकिने कम्पनीले बताएको छ । सहभागी होटेलहरुमा इको होटल, होटल ग्रान्ड साम्बला, होटेल मन्डलालगायत ११ वटा होटल छन् ।

प्रकाशित : १२ असार २०८१, बुधबार १४:१६