अर्थतन्त्र र उद्योग व्यवसाय संकटपूर्ण छैन : सीईओ शेरचन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

अर्थतन्त्र र उद्योग व्यवसाय संकटपूर्ण छैन : सीईओ शेरचन



काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले अर्थतन्त्र र उद्योग व्यवसाय संकटपूर्ण नरहेको बताएका छन् । नेपाल व्यवस्थापन संघको आयोजनामा आगामी आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिबारे भएको छलफलमा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अर्थतन्त्र र उद्योग व्यवसाय संकटपूर्ण भन्ने ठाउँ छैन । यो केही समयको अप्ठ्यारो परिस्थिति पक्कै पनि छ । यसलाई विस्तारै सुधार गर्दै लैजान सकिन्छ ।’

अहिले केही अप्ठ्यारा अवस्था भए पनि आगामी आर्थिक वर्ष २०८१/८२ सुनौला अवसरहरू बनेर आउने बताएका छन् । नेपालमा रेमिट्यान्स प्रर्याप्त मात्रामा भित्रिरहेको अवस्थाले पनि आगामी दिन सहज र सम्भावनायुक्त रहेको बताए । त्यसैगरी उनले विदेशी मुद्राको सञ्चिति बढ्नुले पनि नयाँ ढङ्गले काम गर्ने अवसर प्रदान गरेको उनको भनाइ छ ।

केही कमीकमजोरी भए पनि आत्तिनु पर्ने अवस्था नरहेको उनले बताए ।

निर्यात कमजोर हुनु, लक्ष्यअनुसार राजश्व संकलन नहुनु, पुँजीगत खर्च नहुनु चिन्ताको विषय भएको उनले बताए । उनले भने, ‘नेपालले वित्तीय व्यवस्थापनमा धेरै खर्च गर्नुपरेको अवस्था चिन्ताको विषय हो ।’ यी कुराहरूलाई नजिकबाट विश्लेषण गरेर अगाडि बढ्नुपर्ने उनको सुझाव थियो ।

बैंकहरूको अवस्था पनि सोचेअनूरुप नभएको उनले सुनाए । आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट बैंकहरूले ठूलो अपेक्षा राखेको समेत सुनाए ।

प्रकाशित : ११ असार २०८१, मंगलवार १२:११