कायममुकायम मुख्यसचिवको जिम्मेवारी लीलादेवी गड्तौलालाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थ राजनीति

कायममुकायम मुख्यसचिवको जिम्मेवारी लीलादेवी गड्तौलालाई



काठमाडौ ।  सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी कानुन मामिला हेर्ने सचिव लीलादेवी गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सचिवमध्येबाट गड्तौलालाई मंगलबारदेखि लागु हुने गरी कायममुकामय मुख्यसचिवको जिम्मेवारी दिएको हो ।

यसअघि आइतबार लीलालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निमित्त मुख्यसचिवको जिम्मेवारी दिएका थिए । तर सोमबारको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई सम्पूर्ण कामकाजको अधिकारसहित कामु मुख्यसचिव बनाएको हो ।

तेह्रथुममा गड्तौला मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बित भएपछि निजामती सेवाको माथिल्लो तहमा पुगेकी हुन् ।

नेपाल ल क्याम्पसबाट आईएल र बीएल गरेकी उनले अब यो जिम्मेवारीमा अर्का मुख्यसचिव नहुन्जेल रहने छिन् । उनी अब कम्तीमा आगामी भदौ १५ सम्मलाई यो भूमिकामा रहने निश्चित भएको छ । कामु मुख्यसचिव बनेकी गड्तौला आगामी भदौ १५ गते सेवानिवृत्त हुने छिन् ।

२०५२ सालमा न्याय सेवातर्फ कानुन मन्त्रालयमा जागिर सुरु गरेकी उनले कानून मन्त्रालयमा १७ वर्ष काम गरसकेकी छन् ।

त्यसपछि उनले ऊर्जा, जलस्रोत, उद्योग, परराष्ट्र मन्त्रालय, निर्वाचन आयोग, गृह मन्त्रालय लगायतका महत्त्वपूर्ण निकायमा उनले काम गरेकी थिइन् ।

उनी ०६३ सालमा उपसचिव भएकी थिइन् । २०७० सालमा सहसचिव भएकी गड्तौला २०७७ कात्तिकमा सचिव भएकी थिइन् । त्यसपछि उनलाई नेपाल कानुन आयोगका सचिवको जिम्मा दिइयो । उनले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवको भूमिका पनि निर्वाह गरिसकेकी छन् ।

गड्तौला पहिलो महिला कानुन सचिवसमेत हुन् । अब उनी कामकाजको जिम्मेवारीसहित कायममुकायम मुख्यसचिव भएकी हुन् ।

उनले २०८० भदौ २२ गतेयता प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिवका रूपमा काम गर्दै आएकी थिइन् ।

प्रकाशित : १० असार २०८१, सोमबार २०:४५