आँप मेलामा १० हजारले गरे अवलोकन, ३२ हजार किलो आँप बिक्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आँप मेलामा १० हजारले गरे अवलोकन, ३२ हजार किलो आँप बिक्री



काठमाडाैं । नेपालमा पहिलोपटक भएको आँप मेला सम्पन्न भएको छ । किसान भेन्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा असार ७ देखि ९ गतेसम्म काठमाण्डौ र ललितपुरका विभिन्न स्थानमा आँप मेला आयोजना गरिएको थियो । मेला अवधिभर १० हजार जनाले अवलोकन गरेको र ३२ हजार किलो आँप बिक्री भएको आयोजकले बताएको छ । मेलामा सर्लाही,सप्तरी र सिराहाका ५० जना किसानहरुबाट प्रत्यक्ष खरिद गरेर ल्याइएका विभिन्न प्रजातिका आँपहरु प्रदर्शनीमा राखिएका थिए ।

मेलामा माल्दा, देशरी, बम्बै, जर्दा, कृष्णभोग, नजरिया बम्बै, अम्रपाली, कलकत्तिया, दुधया माल्दा र गुलाबखाससहित विभिन्न भेराइटीका आँपहरु प्रदर्शनमा राखिएका थिए । प्रदर्शनीमा आँपको अचार बनाउने,प्रशोधन गर्ने प्रविधि पनि राखिएका थिए । प्रख्यात शेफ सन्तोष शाह पनि अन्तिम दिन द गार्डेन झम्सिखेलमा नेपाल म्याङ्गो फेस्टमा सहभागी भएका थिए ।

उनीलगायत विभिन्न सेफहरुले पाउडर, स्टिकी राइस,आँप स्मृद्धि,सुख्खा आँप क्रस जस्ता ५० भन्दा बढी आँपबाट बन्ने उत्पादनहरुको प्रदर्शन गरी आफ्नो पाक कौशल प्रस्तुत गरेका थिए । मेलाको सफलताबाट हौसला जागेको भन्दै किसान भेन्चरका प्रमुख कार्यकारी अधिकृत(सीईओ) राजेश कार्कीले यसै वर्ष स्याउ,सुन्तला,जुनार र टिमुरको मेला पनि आयोजना गर्ने घोषणा गरेका छन् ।

प्रकाशित : १० असार २०८१, सोमबार १७:४४