एनआईसी बैंक अन्तरराष्ट्रिय बैंकहरूको पीसीएएफको सदस्यमा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईसी बैंक अन्तरराष्ट्रिय बैंकहरूको पीसीएएफको सदस्यमा नियुक्त



काठमाडौं । एनआईसी बैंक अन्तरराष्ट्रिय बैंकहरूको पाटर्नरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल (पीसीएएफ) को सदस्यमा नियुक्त भएको छ ।कम्पनीले पीसीएएफको सदस्य बन्न पाउँदा गर्व महसुस गरेको बताएको छ ।

कम्पनीले विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा शुरु भएको यसपहलबाट ऋण र लगानीसँग जोडिएको हरितगृह ग्यास उत्सर्जनको समानुपातिक मूल्यांकन र खुलासा सुनिश्चित हुने पनि बताएको छ । पीसीएफले छ वटा महादेशका ४८० भन्दा बढी वित्तीय संस्थाहरूसँग सदस्यता विस्तार गरिसकेको छ।

विश्व मौलिक रूपमा वातावरणमैत्री अभ्यासतर्फ अगाडि बढेकाले बैंकले पनि आफ्नो कार्बन फुटप्रिन्ट नाप्ने र यसबारे रिपोर्टिङ गर्न तथा दिगो अर्थतन्त्रतर्फ विश्वव्यापी परिवर्तनको पक्षमा जलवायुमैत्री रणनीतिहरू निर्माण गर्न प्रतिबद्ध रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताएका छन् ।

पीसीएएफ आवद्ध संस्थाहरुले अन्य विभिन्न संस्थाहरूसँग सहकार्य गरेर कर्जा र लगानीको ग्रीनहाउस उत्सर्जन मापन गर्न काम गर्दछन् ।

प्रकाशित : ९ असार २०८१, आईतवार १५:१४